अडानको १५ औँ स्थापना दिवसमा रक्तदान

सुमित्रा फुयाँल । काठमाडौँ, २० साउन : रजिष्टर्ड लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियसन (अडान) ले आफ्नो १५ औँ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

राजधानीको प्रज्ञा प्रतिष्ठान परिसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा उपत्यकामा रहेका रजिष्टर्ड लेखापरीक्षकहरुले रक्तदान गर्नु भएको थियो । केन्द्रयि कार्य समितिको संयोजन तथा उपत्यका प्रदेश समितिको आयोजनामा भएको उक्त कार्यक्रममा ५२ जनाले रक्तदान गर्नुभएको उपत्यका प्रदेश समितिका अध्यक्ष तथा ब्लोदान पूर्वीय क्षेत्रीय समितिका सदस्य आत्माराम चापागाईले जानकारी दिनु भएको छ ।

रक्तदान कार्यक्रममा केन्द्रयि कार्य समितिका अध्यक्ष मोहनराज रेग्मी, प्रथम उपाध्यक्ष बद्री प्रसाद भट्टराई, उपाध्यक्ष डोल प्रसाद दाहाल, महासचिव झलक मणी लम्साल, उपमहासचिव भोला नाथ पाठक, केन्द्रयि सदस्य झनकराज ढुङ्गेल, आईक्यानका पार्सद मिरा श्रेष्ठ, बहादुर सिंह बिष्टलगायतको उपस्थिीति रहेको थियो ।

उपत्यका प्रदेश समितिको अलावा देशभरीका ७ वटै प्रदेश कमिटिीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.