नेपाल बारमा प्रगतिशील, पेशागत तथा समावेशी समूहका श्रेष्ठ विजयी
काठमाडौँ, २१ चैत : कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
आज सम्पन्न मतगणनामा अध्यक्षका अर्का उम्मेदवार सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो ।
बिहीबार सम्पन्न मतगणनाको नतिजा अनुसार श्रेष्ठले बृहत लोकतान्त्रिकका उम्मेदवार सुनिल पोखरेललाई १४९ मतले पारजित गरेका हुन् । श्रेष्ठले ४०२२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी पोखरेलले ३८७३ मत ल्याएका छन् ।
त्यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका लिलामणि पौडेलले मतले विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।
श्रेष्ठ प्रगतिशील, पेशागत तथा समावेशी समूह र पोखरेल वृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार बन्नुभएको थियो । यही चैत १९ गतेदेखि भएको मतगणना आज सकिएको हो ।
आज काठमाडौँ जिल्ला बार र उच्च अदालत बार एशोसिशनको मतगणना भएको थियो ।

