शैलुङ महोत्सव हुने


रामेछाप, १५ चैत: पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले रामेछापको दोरम्वा गाउँपालिकाले शैलुङ सांस्कृतिक तथा पर्यटन महोत्सव गर्ने भएको छ ।

नयाँ वर्षको अवसर पारेर चैत २९ देखि वैशाख १ गतेसम्म तीन दिने शैलुङ महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले जानकारी दिनुभयो । पर्यटन बोर्डको समन्वयमा गाउँपालिकाले बजेट विनियोजन गरी स्थानीय उत्पादन, धार्मिक तथा रमणीय क्षेत्रको प्रवद्र्धन गर्न महोत्सव गर्न लागिएको हो ।महोत्सवमा रहने झण्डै ६० कक्षमा जडीबुटी तथा चौँरीका छुर्पीलगायत स्थानीय उत्पादनका सामग्री राखिनेछ । सय थुम्काले सजिएको शैलुङको अवलोकनका लागि बर्सेनी आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

पछिल्लो समय दोरम्वा गाउँपालिकाले पर्यटकहरुको भ्रमणलाई अझ अविस्मरणीय बनाउनका लागि भ्यू टावर लगायतका केही संरचना पनि शैलुङमा निर्माण गरेको छ । दोरम्वा गाउँपालिकाले योजना नै बनाएर शैलुङको विकास र विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.