वरिष्ठ सम्वाददाता खड्का रहनु भएन

रामहरि बस्नेत, काठमाडौँ, २७ फागुन : मिडिया मिसन न्युज डटकमका वरिष्ठ सम्वाददता अधिवक्ता कहर सिंह खड्काको निधन भएको छ ।

४३ वर्षिय खड्का शनिबार दिउँसो नुहाउन बाथरुम छिर्नु भएकोमा धेरैबेर सम्म बाहिर नआएपछि खोजि गर्दा लडेर गम्भीर अवस्थामा फेला पारि अस्पताल लगिएको थियो ।

लालबन्दी नगरपालिका वडा नं. ४ जब्दी, सर्लाही घर भई कोटेश्वर बस्दै आउनु भएका खड्कालाई नजिकैको कान्तीपुर अस्पताल त्यसपछि सिभिल अस्पताल लगिएकोमा त्याँहा उपचार हुन नसकेपछि त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पताल लगिएकोमा उपचारको क्रममा सोमबार बिहान ७ बजे निधन भएको हो ।

बाथरुममा नुहाउन छिर्नु भएका खड्का लडेर टाउको र छातीमा गम्भीर चोट लागेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका थिए ।

स्व खड्काको सोमबारै पशुपती आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको छ ।

सामाजिक क्षेत्रमा सक्रिय खड्का प्रक्रिया नेपाल नामक संस्थाको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

उहाँको बुवाको आठ महिना अघि मात्र देहवासन भएको थियो । स्व. खड्काका आमा, श्रीमती र १२ बर्ष तथा ६ बर्षका दुई छोराहरु रहेका छन ।

यसैवीच मिडिया मिसन नेपालका अध्यक्ष तथा प्रधान सम्पादक टेकनाथ न्यौपानेले एक विज्ञप्ती प्रकाशित गरेर स्व. खड्काको निधनले एक प्रतिभावान सहकर्मी गुमाउनु परेकोमा संस्था मर्माहत भएको उल्लेख गर्दै मृतक खड्काको बैकुण्ठवास होस भन्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

खड्काको पार्थिव शरीरमा लालबन्दी नगरपालीकाका मेयर मान बहादुर खड्का, नेपाल बार एशोशियसन काठमाडौँका अध्यक्ष लक्षमण थपलियालयायतका महानुभावहरुले अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

मिडिया मिसन न्युज डटकम परिवार स्व. खड्काको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.