पाठकको नाम आयुक्तको सूचीबाट हट्यो
काठमाडौँ, ३ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको नाम आयुक्तको सूचीबाट हटाइएको छ ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालले पाठकलाई आयुक्तको सूचीबाट हटाइएको जानकारी दिनुभयो । आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि नेपालको संविधानको धारा २३८बमोजिम आजैदेखि लागू हुने गरी आयुक्त पाठकले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिनुभएको थियो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका आयुक्त पाठकले आजदेखि लागू हुने गरी राजीनामा दिनुभएको जानकारी दिनुभयो ।
