विश्वकर्मालाई ४८ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ, २८ साउन : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले गृहमन्त्री, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी गराउनुभयो ।

आइतबार विश्वकर्माका तर्फबाट नगेन्द्रबहादुर सिंह विश्कर्माले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको थियो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द गौतम, शेरबहादुर केसी, विश्वप्रकाश भण्डारी, एकराज भण्डारी, हरि फुयाँललगायत १३ जनाले बहस गर्नुभएको थियो ।

सरकारले चन्दा उठाएको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.