कायममुकायम प्रधानसेनापतिमा बलाधिकृत थापा

काठमाडौँ, २३ : बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै हुनुहुन्छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नुहुनेछ । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लाग्नुभएको हो ।

बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्नुहुनेछ । विसं २०१७ भदौ २५ गते गाउँ शहरमा जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुनुभएको थियो ।

प्रभावकारी उपलब्धि : प्रधानसेनापति

प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो कार्यकाल चुनौतीपूर्ण रहे पनि समग्रमा सकारात्मक र प्रभावकारी भएको बताउनुभएको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा सकल दर्जालाई सम्बोधन गर्दै उहाँले आफ्नो कार्यकालमा राष्ट्रिय सुरक्षा नीति तयार भई राजपत्रमा प्रकाशत भएको, तीन वटा पृतना, दुई वटा बाहिनी खडा भएको, विशेष फौज गुल्म, महिलाका लागि गोरखकाली गुल्म खडा भएको बताउनुभयो ।

प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको ४२ प्रधानसेनापतिका रुपमा आफ्नो कार्यकाल पूरा गरी बिहीबारदेखि बिदामा बस्न लाग्नुभएको छ । सेनाको नेतृत्व नियुक्ति भएलगत्तै १० बुँदे मार्ग निर्देशन विसं २०७२ जारी गर्नुभएको कामको थालनी गर्नुभएका प्रधानसेनापति क्षत्रीले ९२ वृद्धाको बिदाइ सम्बोधनमा आफ्नो कार्यकालमा संगठनमा भएका सुधार र उन्नतिको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.