असार २२ देखि काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा खोप, कहाँ-कहाँ छन् खोप केन्द्र?

काठमाडौं, १७ असार : सरकारले यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई असार २२ देखि दोस्रो मात्राको खोप दिने भएको छ ।

गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिइने बताएको छ ।

काठमाडौं महानगरका १३ अस्पताल तथा स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्यत्र पनि स्वास्थ्य केन्द्रबाट खोप दिइने भएको छ ।

भेरोसेलको दोस्रो मात्रा लगाउन असार २२ देखि २४ सम्म आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि ४ बजेसम्म पहिलो मात्रा खोप लगाएको कार्ड लिएर जानुपर्नेछ ।

हेर्नुस् सूचना:

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.