नवनियुक्त तीन राजदूतबाट शपथ ग्रहण 

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी, रामकाजी खडकाले पद तथा गोपनीयताको शपथग्रहण गर्नु हुँदै

काठमाडौँ, १६ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिनुभएको छ । राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.