पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज
काठमाडौं, १ असोज : कोरोना भाइरसका थप एक हजार २४६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २४६ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा एक हजार २४३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको पनि गौतमले बताए ।
यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ कोरोना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा १६४ महिला र ३४३ पुरुष, भक्तपुरमा २९ महिला र २१ पुरुष, ललितपुरमा ३१ महिला र ३० पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ जहार ९०३ र होम आइसोलेशनमा ८ हजार ३३८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ८२ हजार ९१५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यस्तै, स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यीसहित हालसम्म मृतक ३८३ जनामा कोरोना पुष्टि भएको छ ।
