उपत्यकामा ५०८ सहित थप २७६८ जनामा कोरोना संक्रमण, ४०२० जना संक्रमणमुक्त

काठमाडौं, ४ असार : पछिल्लो २४ घण्टामा २७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २७६८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०८ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ३९४, भक्तपुरमा ५४ र ललितपुरमा ६० जना संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा अहिले सक्रिय स्रक्रमितको संख्या ११ हजार ९६८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये काठमाडौंमा मात्रै ६ हजार ७३५ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा दुई हजार ९८३ र भक्तपुरमा दुई हजार २५० सक्रिय संक्रमित छन् ।
हाल देशभर ८७२ जना आईसीयू र २४६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४०२० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना निको भइसकेका छन् । कुल संक्रमितमा निको हुनेको दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर ३२ लाख ५५ हजार ५७९ जनाकाे पिसिआर तथा १ लाख ३३ हजार ६२७ जनाकाे एन्टिजेन विधिबाट परीक्षण भएको छ ।
हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १७ हजार ९४७ जना र एन्टिजेन परीक्षणमध्ये २४ हजार ८६१ जनामा पाेजेटिभ देखिएकाे तथ्यांक छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.६ प्रतिशत रहेको छ ।
