पूर्वराजा ज्ञानेन्द्र शाहको भिडियो सन्देश– महामारीबाट जोगिऔं

काठमाडौं, २० जेठ : पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश जारी गर्दै महामारीप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले आफूहरु संक्रमणपछि ठिक भएको जनाउँदै आफूहरुको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नै सबैलाई धन्यवाद दिएका छन् ।

पूर्वराजा शाहले महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई समेतलाई धन्यवाद दिएका छन् । उनले आफूहरु पूर्ण स्वास्थ्य लाभ लिइरहेको र देश बाहिर र भित्रको अवस्थाप्रति निकै चिन्तित रहेको बताएका छन् ।

उनले पूर्वरानी कोमल शाहसँगै उपस्थित भएर भिडियो सन्देश जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.