बालुवाटार बैठकको निष्कर्ष : एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने

काठमाडौं, १८ जेठ : नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट राेक्न अन्तिमसम्म प्रयास गर्नुपर्नेमा निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा बसेकाे बैठकले पार्टी एकताका लागि लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

उनले भने, ‘पार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन् । अहिले कार्यदलको अस्तित्व छैन । अब आवश्यक भए अर्काे बन्नसक्छ । त्यो कार्यदल सदस्यहरू कारवाहीमा परिसक्नुभएको छ ।’

माधव नेपाल समूहले पार्टीको उम्मेदवारलाई हराएर गर्व महसुस गरिरहेकाे बताए । पार्टीबाट कारवाही भइसकेकालाई फर्काउने सम्भावना नभएकाे संकेत गर्दै मूलधारमा धेरैलाई फर्काउने प्रयास भइरहेकाे स्पष्ट पारे ।

‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नाे उम्मेदवार हराउन उहाँ लाग्नुभएको छ । ती साथीहरू फर्किनुभयो भने त राम्रो हुन्छ’, उनले भने, ‘उहाँहरूको गतिविधि र हाम्रो पार्टी एकताको कहिँकतै तालमेल मिल्दैन ।’

एकतालाई जाेगाउन लागिपरेको भएकाले स्पष्टीकरण सोधिएको बिषयमा छलफल नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.