सरकार र थरुहटबीच ६ बुँदे सहमति : रेशम चौधरीको मुद्दा फिर्ता लिन पहल गर्ने

नेपाल सरकार र थारु कल्याणकारिणी सभा थारुहट÷ थारुवान संयुक्त संघर्ष समितिका बीच सिंहदरबारमा भएको ६ बँुदे सम्झौतापत्र हस्ताक्षरपछि पत्र आदान प्रदान गर्दै कानुुन न्याय संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ र थारु संयुुक्त संघर्ष समितिका प्रमुुख रुकमिणी चौधरी । तस्बिर: प्रदीपराज वन्त

काठमाडौं, १८ जेठ : सरकार र थारु कल्याणकारिणी सभा थरूहट/थारुवान संयुक्त संघर्ष समिति बीच ६ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार मंगलबार ६ बुँदे सहमति भएको छ ।

उक्त सहमतिको पहिलो बुँदामा टीकापुरमा भएको घटनामा धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता र रिहाइका लागि संविधान तथा कानुनसम्मत पहल गर्ने उल्लेख छ ।

यस्तै थारूभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था गर्ने पनि सहमति छ ।

सहमति पत्रमा नेपाल सरकारका तर्फबाट कानुन मन्त्री लिलानाथ श्रेष्ठ, राजन भट्टराई, भगवती चौधरी तथा थारू कल्याणकारी सभाका तर्फबाट रूकमिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमतिपत्र:

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.