कुवेत पुग्यो नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौं, १७ जेठ : इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम आइतबार राति कुवेत पुगेको हो ।

नेपाली टिम इराकबाट स्थलमार्ग हुँदै कुवेत गएका हुन् । उनीहरुको कुवेत पुगे लगत्तै नेपाली टिम कोरोना भाईरसको पीसीआर टेष्ट गरिएको छ ।
कुवेतमा नेपाली टिमले तीन खेल खेल्नेछ । जसमा पहिलो खेल जुन तीन चाइनिज ताइपेई, जुन सातामा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

समूह ‘बी’ मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सम्भावना बाँकी नै छ । बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना रहेको छ । नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ ।

विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.