सिटामोल लिन दुई घण्टा पैदल
काठमाडौं ,
यस क्षेत्रका नागरिक भने अहिले पनि सिटामोल पाउन कै लागि घण्टौँ पैदल हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यतामा रहेका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–१ को सुकुम, झिङ्गे, लामीडाँडा तेर्साबाटा, कलङसिङका बासिन्दा साधारण औषधि सिटामोल पाउनका लागि पनि दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।
उनीहरू सामान्य औषधिका लागि वडामा रहेको च्याम्राङबेँसी स्वास्थ्य चौकीमा सेवा लिन आउनुपर्दा दैनिक दुई घण्टा आउन दाहालले साधारण चोटपटक लाग्दा होस् या अन्य स्वास्थ्य सुविधा आवश्यक पर्दा दुई घण्टाको बाटो हिँडेर च्याम्राङबेँसीसम्म पुग्नुपर्ने बाध्यता रहेको बताए । स्वास्थ्य सल्लाह लिन प¥यो भने पनि च्याम्राङबेँसी स्वास्थ्य चौकी रहेको क्षेत्रमा फोन लाग्दैन । गाउँपालिका बनेपछि सबै सुविधा सहज हुन्छ भन्थे एक चक्की सिटामोल लिन पनि दुई घण्टा हिँड्नुपर्छ, उनले दुःखेसो गरे ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
