काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने

काठमाडौं, १५ जेठ : सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने भएको छ।

सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। साझा बससँग मिलेर सरकारले विद्युतीय बस संचालन गर्ने उनले बताए। विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न देशैभर चार्जिङ स्टेसन खोलिने पनि उनले घोषणा गरे।

यस्तै साथै सौर्य ऊर्जा बढी उपभोक्ताले सरकारलाई बेच्न सक्ने पनि उनले बताए। माग बढी हुने समयमा विद्युतमा बचत गरे सरकारले त्यस्ता व्यवसायीलाई विशेष छुट दिने पनि उनले बताए। साथै सरकारले विद्युतीय सामानलाई प्रोत्साहन गर्ने पनि उनले जनाए।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.