कोभिड १९ नियन्त्रण र रोकथाम तथा उपचारमा ३७ अर्ब ५३ करोड बजेट

काठमाडौं, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ।

अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले कोभिड उपचार र नियन्त्रणका लागि लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको जानकारी दिएका हुन्।

उनले सरकारले महामारीको उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीलाई खोपको सुनिश्चितताको लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए।

कोभिड उपचारका लागि अक्सिजन प्लाण्टलगायत आवश्यक पर्ने सम्पुर्ण कामका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ। १ सय शै भन्दा बढी अस्पतालमा आफ्नै अक्सिजन प्लाण्ट स्थापनाका लागि सरकारले सहयोग गर्ने भएको छ। सरकारले कोभिड उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदका लागि ४ अर्ब विनियोजन गरेको छ।

त्यसैगरी, कोभिड उपचारमा संलग्न चिकित्सक , स्वास्थ्यकर्मीलाई तलबको  ५० प्रतिशत जोखिम भत्ता दिईने भएको छ। कोभिड संक्रमितकाका लागि सबै प्रकारका अस्पतालबाट उपचार हुने व्यवस्था गरिने पनि मन्त्री पौडेलले जानकारी दिए।

संघीय संसदमा पेश गर्न संभव नभएको पनि अध्यादेशमार्फत सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याएको हो। यसअघि सनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी थिइन्।

संसद नभएपछि सरकारले संविधानमा भएको व्यवस्थाअनुसार अध्यादेशमार्फत बजेट ल्याएको हो। संविधानमा हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.