तीन वर्षभित्र नेपालमै रासायनिक मल कारखाना खुल्ने

काठमाडौं, १५ जेठ : सरकारले आगामी तीन वर्षभित्रै नेपालमै रासायनिक मल कारखाना खोल्ने जनाएको छ ।

सरकारले रासायनिक मल कारखाना खोल्नका लागि १२ अर्ब रूपैयाँ आज अध्यादेशमार्फत् पारित बजेटमा विनियोजन गरेको हो । किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र मल उत्पादन कारखाना खोल्नका लागि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताएका हुन् ।

मल खरिदका लागि १२ अर्ब बजेट विनियोजन

सरकारले आगामी वर्षको बजेटमार्फत् मल खरिदका लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अध्यादेशमार्फत् ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मल खरिदका लागि १२ अर्ब बजेट व्यवस्था गरिएको जानकारी दिए ।

चालू आबमा मल खरिदका लागि ११ अर्ब रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.