बारपाकमा दिनमै ३ जनाको मलामी

काठमाडौं, १४ जेठ : एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ ।

तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छैनन् । सय-डेढ सय जनासम्म मलामी गइरहेका छन् । कोरोना परीक्षण गर्न पनि स्थानीय अनिच्छुक देखिएका छन् ।

जेठ महिना लागेदेखि १३ दिनमा १२ जनाको मृत्यु भएको स्थानीय जितबहादुर घलेले बताए ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.