सहायकरथी केसीको कोभिड–१९ सङ्क्रमणबाट निधन

काठमाडौं, १३ जेठ : नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ संक्रमणबाट निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ ।

सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) पूरा गरी फर्किएका हुन् । करिब ३२ वर्ष सैनिक सेवामा योगदान पुर्याएका  काठमाडौँ निवासी उनको आजै पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको सेनाले जनाएको छ ।

उनका श्रीमती र दुई छोरी रहेका छन् । यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४२४ रहेको जानकारी दिइएको छ । कोभिड–१९ बाट हालसम्म ६  सैनिकको निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.