साउदीबाट ४२ हजार नेपाली फिर्ता

काठमाडौं, १३ जेठ : साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् ।

साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली चार्टड उडानद्वारा स्वदेश फिर्ता भएका छन् ।

नेपाल सरकारले कोरोना संक्रमणको मध्यनजर गर्दै अनिश्चितकालीन उडान बन्द गरे लगत्तै स्वदेश फिर्ताका लागि हजारौँ नेपाली पर्खाइमा रहेका छन् ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.