कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १२ जेठ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा प्रतिनिधि सभा विघटन, पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए ।
प्रतिनिधि सभा पुर्नस्थापना गर्न र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट हालेको छ ।
बैठकमा १४ औं महाधिवेशन तयारी लगायत विषयमा पनि छलफल हुने उनले बताए ।
