सुरेन्द्र र घनश्याम सहित १२ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं, ११ जेठ : नेकपा एमालेले नेताहरू सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूह इतरका ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका छन् । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकबाट वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, पुराना नेता मुकुन्द न्यौपाने सहित ११ जना निष्काशन गरिएका हुन् । निष्काशन गरिएका खनाल, नेपाल र न्यौपाने एमाले धार निर्माणकै संस्थापक नेता हुन् । ओली भन्दा अघि खनाल र नेपालले एमालेको नेतृत्व गरेका थिए ।

यी हुन् स्पष्टीकरण सोधिएका नेताहरू

१. विराेध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. साेमप्रसाद पाण्डे
५ .कृष्णलाल महर्जन
६. झपट रावल
७. भवानीप्रसाद खापुङ
८. यज्ञ सुनुवार
९. सुरेन्द्र पाण्डे
१०. मेटमणि चौधरी
११. दीपकप्रकाश भट्ट
१२. नारायण खतिवडा

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.