माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं, जेठ : प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने माधवकुमार नेपालसहितका ११ सांसदलाई स्पष्टीकरण सोध्ने नेकपा एमालेले निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विपक्षी दलको नेतालाई प्रधानमन्त्री बन्न सहयोग गर्नेहरुलाई स्पष्टीकरण सोध्ने बैठकले निर्णय गरेको छ’ ज्ञवालीले भने,‘ उनीहरुको जबाफ अनुसार थप कारबाही अघि बढाउने निर्णय भएको छ । नेता नेपाल लगायतका एमालेका २६ सांसदले प्रधानमन्त्रीमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका १५ जना नेतासँग भने स्पष्टिकरण मागिएको छैन । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको ज्ञवालीले बताए ।

हस्ताक्षर गरेको भनिएका केहीले माधव नेपाललाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको र देउवाका लागि नगरेको बताएको ज्ञवालीले सुनाए । लिखित स्पष्टीकरण सोधेका मध्ये नेपाल, खनाल र रावल वाहेक बाँकी सबै समानुपातिक सांसद हुन् । सोमबार बिहानसम्म स्पष्टीकरण दिन भनिएको छ ।

स्पष्टीकरण सोधिएका सांसद

  • झलनाथ खनाल
  • माधवकुमार नेपाल
  • भीमवहादुर रावल
  • मुकुन्द न्यौपाने
  • रामकुमारी झाँक्री
  • सरला यादव
  • पुष्पाकुमारी कर्ण
  • कलिला खान
  • निरादेवी जैरु
  • लक्ष्मी कुमारी चौधरी
  • कल्याणी खड्का
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.