कोरोना संक्रमित तीन डाक्टरको निधन
काठमाडौं, ६ जेठ : कोरोनाभाइरस संक्रमणबाट तीन डाक्टरको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने तीन डाक्टरको निधन भएको जनाएको छ ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको मन्त्रालयले जनाएको छ । डाक्टरको निधनप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।

