उपत्यकामा २६३५ सहित थप ८२०३ जना कोरोना संक्रमण, ६८९१ जना संक्रमणमुक्त

काठमाडौं, ४ जेठ : पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २० हजार २८६ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ८ हजार १३६ मा पोजेटिभ देखिएको र ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा पोजेटिभ देखिएको थियो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको जनाएको छ । देशभर ७५२ जना क्वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या ५४११ पुगेको छ ।
