संक्रमित खुलेआम हिँड्दा कोरोना नियन्त्रणमा समस्या

काठमाडौं, ४ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितहरु खुलेआम हिँडिरहेकोले संक्रमण अझै फैलिने चेतावनी दिएको छ ।

संक्रमण उच्च रहेका जिल्लाहरुमा नै संक्रमितहरु खुलेआम सार्वजनिक स्थानहरुमा हिँडिरहेको मन्त्रालयको दाबी छ। मन्त्रालयले निषेधाज्ञाको पालना पूर्ण रुपमा नभएकाले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने पनि बताएको छ ।

अध्ययनहरुले अझै पनि जनस्वास्थ्यका मापदण्डहरूको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी आएको देखिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रे, सुनसरी, पर्सा, बर्दिया, पाल्पा जिल्लामा संक्रमण उच्च रहेको तथा संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिँडिरहेको देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यी जिल्लामा निषेधाज्ञामा थप कडाइ गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.