तत्काल १ करोड मात्रा खोप आवश्यक

काठमाडौं, ४ जेठ : कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् ।

गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका झन्डै १५ लाख नागरिक ‘दोस्रो डोज खोप लगाउन पाउने हो कि होइन ?’ भन्ने अन्योलमा छन् । पहिलो लगाएको ८ देखि १२ साताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने विज्ञ बताउँछन् । उनीहरूले कोभिसिल्ड खोप लगाएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म अनुमानित ३ लाख ८० हजार नागरिकले मात्रै कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल तत्काल १ करोड मात्रा खोप आवश्यक रहेको बताउँछन् । तत्काल १ करोड मात्रा खोप आवश्यक रहेकोसमेत उनले औंल्याए ।

‘चीन सरकारबाट २० लाख मात्रा खोप ल्याउने कूटनीतिक पहल भइरहेको छ तर त्यति पर्याप्त भने हुँदैन,’ सोमबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिसमक्ष उनले भने, ‘१५ जेठभित्रै ज्येष्ठ नागरिकलाई खोप लगाउने भनिए पनि पर्याप्त छैन ।’

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.