ला लिगा : उपाधि नजिक एट्लेटिको म्याड्रिड
काठमाडौं, ३ जेठ : एट्लेटिको म्याड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ ।
गएराति भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ओसासुनालाई २-१ ले पराजित गरेको हो ।
यस जितपछि अन्तिम खेल खेल्नुअघि एट्लेटिकोले दोस्रो स्थानको रियल मड्रिडमाथि २ अंकको स्पष्ट अग्रता समेत बनाएको छ ।
एट्लेटिकोले खेलमा १-० गोलले पछि पारेको स्थिति उल्टाउँदै जित निकालेको हो ।
खेलको ७५ मिनेटमा बुदिमिरले गोल गरेर ओसासुनलाई अग्रता दिलाए ।
८२ मिनेमा एट्लेटिकोको लोडि डोस सान्तोले बराबरी गोल फर्काए । खेल सकिन दुई मिनेट बाँकी छदा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।
अब अन्तिम खेलमा रियल भलडोलिडलाई पराजित गरे एट्लेटिकोले उपाधि जित्नेछ ।
रियलले गएराति नै एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गर्दै उपाधि होडमा कायमै राखेको छ । बार्सिलोना भने सेल्टा भिगोसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ ।
एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा एन्टे बुडिमिरले ७५औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । त्यसअघि ५९औं मिनेटमा एट्लेटिकोका स्टेफान साभिकले गोल गरे पनि भिएआरले त्यसलाई मान्यता दिलएन ।
एक गोलले पछि परेको एट्लेटिकोका लागि ८२औं मिनेटमा रेनान लोडीले बराबरी गोल फर्काए । त्यसपछि ८८औं मिनेटमा लुइस सुआरेजले निर्णायक गोल गर्दै एट्लेटिकोलाई २(१ को जित दिलाए । जितपछि एट्लेटिकोको ३७ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको रियलको समान खेलबाट ८१ अंक छ ।
अब अन्तिम चरणमा एट्लेटिकोले रियल भाल्लोडोलिडसँग उसैको मैदानमा खेल्नेछ । रियलले भने घरेलु मैदानमा भियारियालसँग खेल्नेछ । एट्लेटिकोले जित हात पारे स्वतस् च्याम्पियन बन्नेछ ।
यदि एट्लेटिकोले बराबरी खेलेमा र रियल विजयी भएमा दुवै टोलीको समान ८४ अंक हुन्छ । यस्तोमा हेड टु हेडको आधारमा रियल विजेता बन्न सक्छ ।
रियल भियारियलसँग बराबरीमा रोकिए वा पराजित भएमा भने एट्लेटिकोले जस्तो नतिजा भए पनि उपाधि जित्नेछ ।
