पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, २ जेठ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको खुद्रा मूल्यमा दुई रुपैयाँ प्रतिलिटरका दरले वृद्धि गरेको हो ।

वृद्धि गरेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर एक सय २३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर एक सय ६ रुपैयाँ र हवाई इन्धन ७८ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा मूल्य भने यथावत रहेको निगमले जनाएको छ । निगमले भारतीय आयल निगमको स्वचालित मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ८.५६, डिजेलमा प्रतिलिटर ४.४६ तथा एलपी ग्यासमा प्रति सिलिण्डर ३७५.१३ रुपैयाँ घाटा रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.