इंलिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौं, २९ बैशाख : म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड घरेलु मैदानमा लेस्टर सिटीसँग २-१ ले पराजित भएपछि सिटीले ३ खेल अगावै उपाधि पक्का गरेको हो । दोस्रो रोजाइको टिम मैदान उतारेको युनाइटेडले घरेलु मैदानमै पराजय व्यहोरेको हो ।

लेष्टरलाई जित दिलाउन लुक थोमस र काग्लर सोयुन्चुले एक एक गोल गरे ।

युनाईटेडका मासन ग्रीनउडले एक गोल फर्काए ।

ओल्ड ट्राफोर्डमा थोमसले १० औं मिनेटमा गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।

तर, १५ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

Image

त्यसपछि खेलको ६६ औं मिनेटमा सोयुन्चुले गोल गर्दै लेष्टरलाई २-१ को जित दिलाए ।

युनाईटेडको यस हारसँगै म्यानचेस्टर सिटीले लिगको उपाधि जितेको छ ।

दोस्रो स्थानको युनाईटेड सिटी भन्दा १० अंकले पछि रहेको छ ।

युनाईटेडको ७० अंक रहेको छ । सिटीको ८० अंक रहेको छ ।

लेष्टर ६६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई ३-१ ले हराएको छ ।

यही नतिजापछि युनाइटेडको ३५ खेलबाट ७० अंक छ र ३५ खेलबाटै सिटी ८० अंकसहित शीर्ष स्थानमा छ । युनाइटेडले अब बाँकी तीन खेल जितेपछि सिटीलाई भेट्ने छैन ।

पेप गार्डीओलाको प्रशिक्षणमा सिटीले हासिल गरेको यो आठौं उपाधि हो, उनले २०१६ यता सिटीलाई प्रशिक्षण दिन थालेका थिए ।

यस सिजन सिटीले जितेको यो दोस्रो प्रमुख उपाधि हो । यसअघि नै सिटीले दुई साताअघि लिग कपको उपाधि जितेको थियो । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा पनि सिटीले फाइनलमा स्थान बनाइसकेको छ, जहाँउसले २९ मेइमा चेल्सीको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.