अधिकांश भू-भागमा मौसम बदली, दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं, २९ बैशाख : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाअनुसार बुधबार देशका अधिकांश भागमा मौसम बदली रहनेछ । केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार बिहान सुदूरपश्चिम, बागमती र प्रदेश १ का केही भू–भागमा मौसम आंशिक बदली छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

दिउँसो पहाडी भू–भागमा पनि मौसम बदली हुने महाशाखाले जनाएको छ । केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, बुधबार राति देशका अधिकांश भू–भागमा मौसम सामान्यदेखि पूर्ण बदली हुनेछ । देशका केही चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका तराईमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.