भाजपा नेता भन्छन् : भारतको रोजाइ केपी ओली, प्रचण्ड प्रधानमन्त्री भए चीनको जित

काठमाडौं, २८ बैशाख : भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् ।

नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’

यसअघि उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दा सुखद खबर भनि टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.