बङ्‌गलादेशद्वारा औषधी र स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, २८ बैशाख : बङ्‌गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारलाई कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधी तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

ढाकामा मंगलबार बिहान आयोजित एक छोटो कार्यक्रममा बङ्‌गलादेशका लागि नेपालका राजदूत डा. वंशीधर मिश्रलाई ती सामग्री संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

बङ्‌गलादेशले बेक्सिमको फर्माबाट उत्पादित पाँच हजार थान रेम्डी सिभर, सुई तथा पीपीईलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त सामग्री आजै हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.