पछिल्लो २४ घण्टामा ९२७१ जनामा कोरोना संक्रमण, ४००७ जना संक्रमणमुक्त
काठमाडौं, २७ बैशाख : पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।
ती मध्ये काठमाडौं जिल्लाका २७७५ जना, ललितपुरका ५०५ जना र भक्तपुरका ३२७ जना छन् ।
काठमाडौं उपत्यकामा अहिले ३९ हजार ४६३ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा मात्रै २० हजार ७१ जना, भक्तपुरमा ४ हजार ११२ र ललितपुरमा ६ हजार २८० छन् ।
संक्रमणबाट काठमाडौंका एक लाख १७ हजार ८२८ जना निको भइसकेका छन् । ललितपुरका १० हजार १६९ र ललितपुरका १८ हजार २६९ जना निको भइसकेका छन् ।
कोरोना संक्रमणबाट काठमाडौंका ८६३ जना, ललितपुरका २४७ जना र भक्तपुर १७६ जनाले ज्यान गुमाइसकेका छन् ।
तीमध्ये ६७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो । पछिल्लो चौबीस घण्टामा भने ७४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ ।
