बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिँए

काठमाडौं, २६ बैशाख : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाडेका छन् ।

शनिबार राति भएको खेलमा बार्सिलोना र एट्लेटिकोले गोलरहित बराबरी खेलेका छन् ।

बार्सिलोनाको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

जसको कारण दुबै टोलीले एक एक अंकमा चित्त बुझाएका छन् ।

Image

यस बराबरीसँगै एट्लेटिकोले ३५ खेलमा ७७ अंक जोडेको छ ।

शीर्ष स्थानको एट्लेटिको बार्सिलोना भन्दा २ अंकले मात्र अघि रहेको छ ।

दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा ७५ अंक रहेको छ ।

यस बराबरीले तेस्रो स्थानको रियल मड्रिडलाई भने फाईदा गरेको छ ।

साविक विजेता समेत रहेको रियलले ७४ अंक जोडेको छ ।

तीन खेल बाँकी छँदा बार्सिलोना लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष चारमा रहेका कुनै पनि टोलीले अझै लिग जित्ने सम्भावना कायम रहेको छ ।

आइतबार चौथो स्थानमा रहेको सेभियालाई हराए रियलले एथ्लेटिकोसँग अंक बराबरी गर्नेछ र हेड टु हेडको आधारमा रियलले लिगको शीर्ष स्थानमा कब्जा जमाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.