बायर्न लगातार नवौं पटक बुन्डेस लिगा च्याम्पियन
काठमाडौं, २६ बैशाख : वायर्न म्युनिखले लगातार नवौं सिजन जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ ।
शनिबार दोस्रो स्थानको आरबी लाइपजिग पराजित भएपछि वायर्नले तीन खेलअघि सिजनको उपाधि जितेको हो ।
दोस्रो स्थानको लाइपजिगलाई बोरुसिया डर्टमुन्डले ३-२ गोलले पराजित गर्यो ।
शीर्ष स्थानको म्युनिखले ३१ खेलबाट ७१ अंक जोडेको छ भने दोस्रो स्थानको लाइपजिगको ३२ खेलबाट ६४ अंक मात्र छ ।
अन्तिम दुई खेलअघि शीर्ष स्थानको वायर्नसँग ७ अंकले पछि परेसँगै लाइपजिगको उपाधि यात्रा सकिएको हो ।
समग्रमा बायर्नको यो ३० औं बुन्डेस लिगा उपाधि हो ।
