चिनियाँ सिनोफार्मको खोपलाई डब्ल्यूएचओको अनुमति

काठमाडौं, २५ बैशाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ ।

डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो ।

सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशहरुले चिनियाँ सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन् ।

डब्ल्यूएचओले शुक्रबार सिनोफार्मको खोपलाई अनुमति दिँदै यसको दुई डोज दिनुपर्ने र यो १८ वर्षभन्दा माथिका व्यक्तिहरुले मात्र प्रयोग गर्नुपर्ने जनाएको बीबीसीले जनाएको छ ।

यसैक्रममा शुक्रबार डब्ल्यूएचओले पनि चिनियाँ खोपलाई सुरक्षा, प्रभावकारिता गुणवत्ता मान्यता दिएको हो ।

चिनियाँ औषधी कम्पनी सिनोभ्याकको भ्याक्सिनलाई पनि केही दिनभित्रै आपतकालीन प्रयोग अनुमति दिनसक्ने जनाएको छ ।

डब्ल्यूएचओले आगामी दिनमा एक अर्को चिनियाँ कम्पनी सिनोभ्याकको खोपमा निर्णय लिने सम्भावना छ । यस्तै रुसी खोप स्पुतनिक भी को मूल्यांकन पनि डब्ल्यूएचओले गर्दै आएको बीबीसीको समाचारमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.