म्यानचेस्टर युनाइटेड र भिल्लारियल युरोपा लिगको फाइनलमा
काठमाडौं, २४ बैशाख : युरोपा लिगको उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियलबीच प्रतिस्पर्धा हुने भएको छ ।
म्यानचेस्टरले इटालियन क्लब रोमालाई समग्रमा ८-५ गोलले पछि पार्दै फाइनलमा स्थान बनायो ।
पहिलो लेगमा ६-२ ले विजयी भएको म्यानचेस्टर दोस्रो लेगमा भने ३-२ गोलले पराजित भयो ।
बिहीबार राति भएको खेलमा रोमाका लागि जेकोले ५७ र क्रिस्टियनले ६० मिनेटमा गोल गरेका थिए ।
म्यानचेस्टरका लागि दुवै गोल काभानीले गरे। उनले खेलको ३९ र ६८ मिनेटमा गोल गरे । तर म्यानचेस्टरका टेलेसले ८३ मिनेटमा आत्मघाती गोल गर्दा रोमालाई फाइदा पुग्यो ।
पहिलो लेगमा हात पारेको जितले म्यानचेस्टरलाई फाइनल यात्रा सहज भयो ।
यता स्पेनिस क्लब भिल्ला रियल युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनलसँग गोलरहित बराबरी खेल्दै समग्रमा २-१ को जितसहित भिल्ला फाइनल पुगेको हो ।
भिल्लाले पहिलो लेगमा २-१ को जित निकालेको थियो ।
अब उपाधिका लागि आगामी २६ मेमा म्यानचेस्टर र भिल्लारियलबीच पोल्यान्डको गदान्स्कमा प्रतिस्पर्धा हुनेछ ।
