उपत्यकामा ३९७२ सहित थप ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौं, २३ बैशाख :  पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ । जसमध्ये २ लाख ९२ हजार ४९० जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७०७ जना निकाे भएका छन् । संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।

अहिले ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन् । जसमध्ये ६७ हजार २ ४६ जना होम आइसोलेसन र ५ हजार ३१५ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ ।

योसँगै देशभर कूल मृतकको संख्या ३ हजार ५२९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.