राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौं, २२ बैशाख : राष्ट्रपति विद्योदेवी भण्डारीले बुधबार थप एक अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।

जनकपुर-जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो ।

यसअघि रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.