नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, २० बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नयाँ प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् । सोमबार साँझ ६ बजे नया प्रदेश प्रमुखलाई सपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए ।

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ। सोमाबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले  गण्डकीका अमिक शेरचनलाई हटाएर सीता पौडेल र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्तलाई हटाएर गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको नियुक्तिको सिफारिस गरेको थियो ।

यी दुबै प्रदेशका प्रदेश प्रमुख फेर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेसँगै राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरेकी थिइन् ।

गण्डकीको प्रमुख बनेकी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार तथा एमालेको अखिल नेपाल महिला संघकी अध्यक्ष पनि हुन् । यादव दोस्रो संविधान सभाका उपसभामुख हुन् । राप्रपाबाट उपसभामुख बनेका उनी पछि एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.