पूर्व रानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं, १९ बैशाख : पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ ।

कोरोना संक्रमण भएपछि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको हो ।

कोरोना संक्रमण भई ९ दिनअघि अस्पताल भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसीयुमै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र छोरी प्रेरणा वैशाख ७ गते नर्भिकमा भर्ना भएका थिए ।

ज्ञानेन्द्र र प्रेरणा पाँचौं तलाको भिभिआइपी उपचार कक्षमा छन् । उनीहरूको स्वास्थ्य सामान्य छ । पूर्वरानी कोमललाई भने तल्लो तलाको आइसियूमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.