पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण

काठमाडौं, १८ बैशाख : पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनमा आजै  संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

कोरोना पोजेटिभ आएपछि थप उपचारको लागि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

‘कोरोनाको सामान्य लक्षण देखिएको छ । अवस्था सामान्य नै छ’,  उनले भने ।

यसैगरी अर्का नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । स्वास प्रश्वासमा समस्या भएपछि मनमोहन अस्पताल पुगेका उनमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.