उपत्यकामा २९५६ सहित थप ५७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

काठमाडौं, १७ बैशाख : पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ ।

यस्तै ९ वर्ष मुनिका १३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ३६७ बालबालिका कोरोना पोजिटिभ देखिएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ ।

हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.