च्याम्पियन्स लिग : रियल म्याड्रिड र चेल्सी बराबरीमा रोकिए
काठमाडौं, १५ बैशाख : च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सीले बराबरी खेलेका छन् ।
मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए । उनले एन्टोनियो रुडिगरको पासलाई सदुपयोग गरे ।
तर, खेलको २९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । इडर मिलिटाओको पासमा उनले गोल गरे ।
त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेन र खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै दुबै टोलीको फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ ।
अब दोस्रो लेगको खेल चेल्सीको मैदानमा हुनेछ । दोस्रो लेगको खेल आगामी मे ६ मा हुनेछ ।
