टोटेनहमद्वारा मुख्य प्रशिक्षक माउरिन्हो बर्खास्त
काठमाडौं, ७ बैशाख : प्रिमियर लिग क्लब टोटेनहमले मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ ।
क्लबले यस सिजन खराब प्रदर्शनलाई निरन्तरता दिएपछि टोटेनहमले सोमबार माउरिन्होलाई बर्खास्त गरेको हो ।
टोटेनहमले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै माउरिन्होलाई प्रशिक्षक नियुक्त गरेको थियो ।
चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक समेत रहेका माउरिन्होले टोटेनहमसँग सन् २०२३ सम्मको लागि सम्झौता गरेका थिए ।
तर, पोर्चुगिज प्रशिक्षक माउरिन्हो१७ महिनापछि नै बर्खास्तमा परेको हो ।
गत मार्च युरोपा लिगबाट क्लब बाहिरिइसकेको छ ।
कारावाओ कपको फाइनलमा २५ अप्रिलमा टोट्टेनह्यामले म्यानचेस्टर सिटीको सामना गर्दैछ र यस खेलअघि नै प्रशिक्षक माउरिन्हो बर्खास्तीमा परेका हुन् ।
कारावाओ कपको फाइनलमा २५ अप्रिलमा टोट्टेनह्यामले म्यानचेस्टर सिटीको सामना गर्दैछ र यस खेलअघि नै प्रशिक्षक माउरिन्हो बर्खास्तीमा परेका हुन् । माउरिन्होको प्रशिक्षक दलका सदस्य जोओ सेक्रोमेन्तो, नुनो सन्तोष, कार्लोस लेलिन र गिओभान्नी सेरा पनि बर्खास्तीमा परेका छन् ।
५८ वर्षीय माउरिन्होले एएफसी पोर्टो, चेल्सी, इन्टर मिलान, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेडलगायत क्लबहरुलाई प्रशिक्षण दिइसकेका छन् ।
