प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, ३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
शनिबार (भोली) विहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार बैठकमा समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्ने तयारी छ । त्यहि क्रममा प्रधानमन्त्री ओलीले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए ।
शुक्रबारै दिउँसो ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूलाई धेरैपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको बताएका थिए ।
