भक्तपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

भक्तपुर, ३ बैशाख : तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान करीब ११ बजे सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०११ प.८२५० नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोजपुर स्थायी घर भई हाल पुतलीसडक काठमाडौँ बस्ने १८ वर्षीय सुमन गिरी र बाँके घर भइ हाल पुतलीसडक बस्ने २२ वर्षीय सूर्य ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.